मिथिलामा पर्वको उल्लास

 न्यूज विराट
मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।

हिन्दु धर्मावलम्बी आज कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । पर्व विशेषले मिथिलामा आज मखान (गहिरो पानीभित्र फल्ने फलविशेष, यसको खेती पोखरीमा गरिन्छ) र पानको कारोबार ह्वात्तै बढेको छ । हिन्दु मैथिल परम्परामा कोजाग्रत पूर्णिमा साँझ पान र मखान खाने गर्दछन् । यो परम्पराले गर्दा यस भेगका प्रत्येक जसो चोकबजार क्षेत्रमा मखान र पानका पसल आज देखिएको छ ।

कोजाग्रत पूर्णिमाको राति धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिने मैथिल परम्परा छ । रातभरी जागै बसेर महालक्ष्मीको आराधना गरिने हुँदा यो पूर्र्णिमालाई ‘कोजाग्रत’ (को जाग्न सक्छ ?) भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मी वैकुण्ठलोकबाट पृथ्वीतलमा विचरण गर्न आउने र जुन घरका कोठाकोठामा उज्यालो वत्ती छ, त्यहाँ छिरेर धनधान्यले पूर्ण गरिदिने विश्वासले यस दिन घरघरै उज्यालो प्रकाश बाल्ने चलन छ । नगदको कारोबार गर्दा लक्ष्मी खुसी हुने विश्वासले कोजाग्रतका राति विधिकै लागि पनि मैथिल कोडा (जुवा खेलिने कौडा) हान्ने गर्दछन् ।

त्यस्तै, यस भेगमा बाक्लो बसोवास बाहुल्यताका इस्लाम धर्मावलम्बी पनि आज धर्म प्रवर्तक हजरत मोहम्मदको उल्लासमय वातावरणमा जन्मदिन मनाउँदैछन् । ‘मोहम्मद डे’ भनिने यस पर्वमा मिष्टान्न परिकार खाने खुवाउने र मोहम्मदका उपदेश सुन्ने इस्लाम परम्परा छ । इस्लाम परम्पराको हिजरी सम्वत्को रविऔव्वल महिनाको १२ तारिखका दिन हजरत मोहम्मद पैगेम्वरको सउदी अरेबियाको मक्कामा जन्म भएको इस्लाम धर्मावलम्वी बताउँछन् । रासस 

सम्बन्धित समाचार

झण्डै २ वर्षमा प्रतिनिधिसभामा नागरिकता विधेयक पेस

काठमाडौं, ९ असार-करिब २ वर्ष पुग्ने लाग्दा संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता (पहिलो...

विराटनगरमा गठबन्धनका नागेश कोइरालाले मतान्तर बढाउँदै, उपमेयरमा एमालेकी कार्की अगाडी

विराटनगर, ३१ वैशाख । प्रदेश १ को एक मात्र महानगर विराटनगरमा सत्ता गठबन्धनले सुरुवातदेखिनै अग्रता बढाउँदै लगेको छ । साँझ ७ बजेसम्म ३१०० मत गणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला १०३८...

कोशीको प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा मुद्दा : आइतबार १० बजेलाई पेशी तोकियो

विराटनगर । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले संसदीय दलका नेता...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

हात्तीले पूर्वी तराईमा लिँदैछ ज्यान, १३ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १३ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

विराटनगरमा प्रहरीको लापसे अभियान, एकै दिनमा ११ जना नियन्त्रण

विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लापसे गरेर सवारी चलाउने ११ जनालाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए...

निर्वाचनको माहोल तात्दै, आजदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं, २४ माघ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णय गरेसँगै चुनावी माहाेल तातेकाे छ । दलहरू निर्वाचनकाे तयारीमा हाेमिएका छन् । स्थानीय तहमा उम्मेदवार काे रहने भन्ने विषयले पनि सामाजिक सञ्जालमा चर्चा छाइरहेकाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्