‘रअ’ प्रमुख मोदीको विशेष दूतको रूपमा नेपाल आएका हुन् : ईश्वर पोखरेल

 न्यूज विराट
‘रअ’ प्रमुख मोदीको विशेष दूतको रूपमा नेपाल आएका हुन् : ईश्वर पोखरेल

काठमाडौं, ११ कात्तिक-उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसँग भेट तथा संवादका लागि आएका बताएका छन् । उनले नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा गोयल नेपाल आएकासमेत दावी गरेका छन् । 

पोखरेलले प्रधानमन्त्री ओलीले ‘रअ’प्रमुख गोयलको टोलीसँग भएको कुराकानी परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित रहेको बताएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन्- टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ,’ पोखरेलले भनेका छन्, ‘वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल-भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो ।  त्यहाँ नेपालले राख्दै आएका अडानहरू  पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल (हरू) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल-भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।’

यस्तो छ प्रधानमन्‍त्री र ‘रअ’ प्रमुखको भेटबारे पोखरेलको ६ बुँदे वक्तव्य

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट – प्रायोजित कुप्रचार र वास्तविकता

(१) भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र  फर्किए । 

(२) नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र  पहल गरेको थियो । 

(३) प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन् – टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ । 

(४) वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल- भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो ।  त्यहाँ नेपालले राख्दै आएका अडानहरू  पुन: जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल ( हरू ) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल – भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो । 

(५)  विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ?  यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् – ती मानिसहरू  ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी  पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख़्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पु-याइएको आदि भनेर आरोप लगाउने काेशिस भइरहेकाे छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालकाे बहस सिर्जना गर्न खोजिदैछ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन् । 

(६) यतिबेला एउटा कुरा सबैले ख़्याल गरौं – केपी शर्माओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न  तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती – बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् !!  

याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन ! यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि आँच पुग्न दिइने छैन । विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौं, सजग हाेऔँ र सरकारले चालेका सही कदमहरूलाई साथ र समर्थन गराैं !!

सम्बन्धित समाचार

मर्छु माग पुरा नभएसम्म अनसन छोडेर हिंड्दिन : निवर्तमान मुख्यमन्त्री केदार कार्की

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मंगलबार ४ बजेदेखि आमरण अनसन बस्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराखी प्रदेशसभा भवन अगाडि आमरण अनसन बस्ने बताएका हुन् । उनले...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

आज ५ वटा उडानबाट यूएईमा समस्यामा परेका नेपालीको उद्धार गरिँदै

काठमाडौं, १ साउन-आज यूएईबाट ५ वटा उडानमार्फत कोरोना भाइरसको महामारीका कारण अलपत्र परेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याइँदै छ । दुबईबाट नेपाली लिएर आएको नेपाल एयरलाइन्सको एउटा जहाज केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...

तमोर नदीमा खसेर वृद्धको मृत्यु

विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...

कोरोनाको उपचार प्रवन्ध गर्न प्रदेश १ सरकारद्धारा एकीकृत कार्ययोजना तयार

विराटनगर, फागुन २९–कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश–१ सरकारले एकीकृत कार्ययोजना तयार पारेको छ । आज प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सरकारले कार्ययोजना सार्वजनिक...

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

एजेन्सी, फागुन १–फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैँ सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ...

अफगानिस्तानबाट भाग्न जहाजको पांग्रामा झुण्डिएका दुई जना खसे

तालिबान लडाकुले अफगानस्तिान कब्जा गरेसँगै काबुलस्थित हमिद कारजाई विमानस्थलको स्थिति भयावह भएको छ । विमानस्थलमा कुनै सिस्टमबिना जहाज चढ्नेहरूको भिड बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान चढ्न नपाएपछि पांग्रामा झुण्डिएका दुई जना खसेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र...

भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्