जो जहाँ जहाँ छौं, त्यहीँत्यहीँ रहेर दसैं मनाऔँः प्रम ओली

 न्यूज विराट
जो जहाँ जहाँ छौं, त्यहीँत्यहीँ रहेर दसैं मनाऔँः प्रम ओली

काठमाडौं,  १० कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । 

उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन् ।

चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको भन्दै उनले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताएका छन् ।

अहिले कोरोना महामारीको विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन् ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउन  उनले सबैमा आग्रह गरेका छन् ।

यसपालिको बडादसैं, जो जहाँ जहाँ छौं, त्यहीँत्यहीँ रहेर मनाउन प्रधानमन्त्रीले सबैसँग अनुरोध गरेका छन् । सङ्क्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिए ।

घर–डेरामै सीमित रहेर पर्व मनाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गरेका छन् ।

उनले विजया दशमीका अवसरमा एक शुभकामना सन्देश दिदैं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको  र बनाउनुपर्ने उल्लेख गरेका छन् ।

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट...

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...

पोखरीमा डुबेर विराटनगरका एक जना युवाको मृत्यु

विराटनगर । विराटनगर १९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । विराटनगर १९ का ३० वर्षीय फुलूँ ऋषिदेव पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।...

सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, विराटनगरको सयौं घर डुवानमा

विराटनगर । विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पसेको छ । दुई दिनदेखि लगातार परेको वर्षाले सिंघिया खोलाको बाढी विराटनगर १ गंगाटोला र विराटनगर २ को सुकुम्बासी बस्तीमा पसेको हो । सिंघिया...

विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन 

काठमाडौं, १७ जेठ-चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत संकलन कार्य सुरू गरेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन...

राजस्वमा काेराेनाकाे असर : झापामा अढाइ कराेडकाे गिरावट

झापा, १९ साउन-कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तसम्ममा विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६ सय...

बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु

विराटनगर, १९ माघ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको...

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, ३ जेठ-नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको गरिएको परीक्षणमा ३ जनामा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्