बडादशैंको आठौं दिन महाअष्टमी, देशभरका शक्तिपिठहरुमा बलि दिइँदै

 न्यूज विराट
बडादशैंको आठौं दिन महाअष्टमी, देशभरका शक्तिपिठहरुमा बलि दिइँदै

काठमाडौं,  ८ कात्तिक-हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिँदै छ । माता महागौरीलाई शुद्धिको प्रतीकमा रुपमा मान्ने गरिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् ।

उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् ।

महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहित रुपमा चित्रण गरिएको छ । आज देशका प्रमुख शक्तिपीठहरुमा देवीलाई बली चढाएर पूजा गरिन्छ ।

शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने गरिन्छ। पशुबलि नदिनेले भने नरिवल, कुभिण्डो लगायतका फलफूल चढाउने गर्छन् ।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ। आजकै दिन घरघरमा रहेका हतियार र कलपूर्जाहरु निकालेर पूजा गर्ने परम्परा समेत रहेको छ।

नक्साल भगवती, दक्षिणकाली, शोभा भगवती, मैतीदेवि, रक्तकाली, बज्रयोगिनी, भद्रकाली लगायतका शक्तिपीठहरुमा बलि दिने प्रचलन रहेको छ ।

उपत्यका बाहिरका भगवती मन्दिरहरुमा समेत बलि दिने गरिन्छ। आजै राति हनुमानढोकामा ५४ वटा राँगा र बोकाको बलि दिएर कालरात्री पूजा गर्ने परम्परा रहेको छ।

नवरात्र अन्तर्गत आज महादुर्गाको आठौं रुप महागौरीको पूजा गर्ने गरिन्छ। परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजाले पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने विश्वास रहेको छ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर...

मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ

बिराटनगर, ५ माघ । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला...

विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

चितवन, ९ मङ्सिर-नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान...

मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो...

यस्तो देखियो विराटनगरको छठ (फोटो फिचर )

विराटनगर । विराटनगरमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्