कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्याे

 न्यूज विराट
कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्याे

काठमाडौं, २३ असोज-कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षीया एक महिलासहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका २९ वर्षीय, ५२ वर्षीय पुरुष, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय पुरुष रहेका छन । यस्तै, काठमाडौंका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रूपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपर १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

माउण्ट हर्मोनको श्रृङ्खलाबद्घ सफलता

[caption id="attachment_47334" align="aligncenter" width="959"] राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा २ वटा पुरस्कार प्राप्त गरिसकेपछि माननीय मन्त्री लालबाबु पण्डितसंग तस्विर खिचाउँदै पुरस्कृत छात्राका साथ विद्यालय सञ्चालकहरु ।[/caption]   फाल्गुण २६ गते काठमाडौंमा भएको राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा कानेपोखरी–६ स्थित...

बद्धाश्रममा जेनेरल अस्पतालको निशुल्क स्वास्थ्य शिविर

विराटनगर, चैत १ –विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ...

प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण

विराटनगर, ६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक...

जहदामा सुरुङ खनेर घरमा चोरी

विराटनगर / मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राती ६ घरमा चोरी भएको छ । घरहरूमा सुरूङ खनेर चोरी गरेको जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए । सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन,...

एक्स्पोले आर्थिक क्षेत्र चलायमन बनाउँछ : नन्दकिशोर राठी

विराटनगर । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोले आर्थिक क्षेत्र चलामयन बनाएर अगाडी लैजाने बताएका छन् । विराटनगरमा शनिबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन शत्रमा धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन्...

बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...

साह कांग्रेस प्रदेशको आमन्त्रित सदस्यमा मनोनित

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई...

प्रदेश १ मा ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए

विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्