कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका दुई महिला र चार पुरुष गरी ६ जना छन् । त्यस्तै ललितपुरका एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
यसैगरी, सिरहा, रौतहट र दाङमा एक/एक महिलाको निधन भएको छ । मोरङमा दुई, चितवन, रूपन्देही र नवलपरासीका एक/एक पुरुषकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६१ प्रतिशत छ ।
आज देशभर २ सय ७० जनाको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये २ सय ३३ जना आईसीयूमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।
मोरङ, सुन्सरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रूपन्देही जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन् भने सोलुखुम्बु, मनाङ र मुस्ताङ, संक्रमण शून्यमा झरेको छ ।
आज देशभर १४ हजार २ सय ९ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् ।
आजसम्म ११ लाख १२ हजार ४ सय २६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९४ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये हालसम्म ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् । संक्रमणमुक्त हुनेको दर ७२.८ रहेको छ ।
२५ हजार ७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा छन् भने १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । ४ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक छ ।