कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

 न्यूज विराट
कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको नीति विपरीत रहेको बताएका हुन् । कांग्रेस आफ्नाको गल्तीमा ‘छिटपुट’ भनेर नछोपी कठोरतापूर्वक सच्याएर बढ्ने उल्लेख गरेका छन् ।

कांग्रे‍सका प्रदेश सांसद सिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारले कुर्ची तोडफोड गरेका थिए । विरोधकै बीच सभामुख पूर्णबहादुर घर्तीले प्रस्ताव अघि बढाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई अनुमति दिएपछि आक्रोशित सांसद कुर्ची तोडफोडमा उत्रिएका थिए ।

मन्त्री केसीले प्रतिपक्षीको रोस्टम घे‍राउका बीच प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव पेस गरे । प्रस्ताव पसेपछि पनि कांग्रेसको विरोध कायमै रहेपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ । सभामुख घर्तीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सम्बन्धित समाचार

हेर्दाहेर्दै नेपालमा फलफूलदेखि दूधसम्म किनेर खानुपर्ने अवस्था आयो : मन्त्री भुसाल

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताएका छन् ।एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४०...

अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी

विराटनगर । अपराध रोकथाम र न्युनिकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिका भित्रको विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ । आगमी नयाँ शैक्षिक शत्रदेखि कटहरी गाउँपालिका भित्रको सामुदायिक र निजी विद्यालयहरुमा...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

कोरोना सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे

झिमरुक, १ वैशाख-प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल...

नेपाल-भारत सीमा विवाद : छाङ्गरुमा बीओपी, सीमा क्षेत्रमा बढाइए सशस्त्र प्रहरी

काठमाडौं, २९ वैशाख-सरकारले सीमा सुरक्षा बढाउँदै लगेको दाबी गरेको छ । निरन्तर बिओपी संख्या बढाउने र सुरक्षाकर्मीको संख्या पनि बढाउने निर्णय लिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका छन् । उनले विगतमा कमजोर उपस्थितिको कारण...

युवा उद्यमशीलता तालिममा महिलाको बाहुल्यता

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका उद्यमशील वन्न चाहने युवा पुस्ताका लागि राष्ट्रिय लघु तथा घरेलु उद्योग प्रशिक्षण कार्यालय, काठमाडौंले एक हप्ते उद्यमशीलता विकास तालिम सुरु गरेको छ । एभरेष्ट आर्ट फ्यूजनको व्यवस्थापन एवम् संयोजन र पथरीशनिश्चरे...

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं, २ बैशाख-दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रलायका अनुसार १४ अप्रिल देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्