धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान,  १९ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक संक्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही १६ असोजमा भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा. श्रेष्ठले जानकारी दिए । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।  प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ । रासस

सम्बन्धित समाचार

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

एजेन्सी, १८ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि प्रभावशाली जीत हात पारेको छ । लिड्सको मैदानमा भएको खेलमा लेस्टर सिटी लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको...

१४ दिनअघि भारतबाट फर्केका वडा अध्यक्षमा र्‍यापिड टेस्ट पोजेटिभ

जनकपुरधाम, ८ वैशाख-धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका १ वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ आएको छ ।चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा...

प्रेस युनियन मोरङले पत्रकारलाई बाँड्यो सुरक्षा सामाग्री

विराटनगर, चैत १९-नेपाल प्रेस युनियन मोरङले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । विश्वमा कोरोनाको महामारी फैलीरहेका दैनिक समाचार संकलनमा खटिइने सञ्चारकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै बुधबार सामाग्री वितरण गरिएको हो । अध्यक्ष कुमार...

चक्कु देखाएर इटहरीमा दिनदहाडै २ लाख लुटपाट गर्ने सात जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा चक्कु देखाएर दिनदहाडै दुई लाख रुपैयाँ लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई इटहरी उपमहानगरपालिका ४ ट्याङग्रा खोला नजिकबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा...

विराटनगरको आइसोलेसनमा बसेका १९ जना कोरोना मुक्त भएर घर फर्किए

विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् । सोमबार...

२४ घण्टामा थप ५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं ३० साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना...

प्रदेश १ मा १९७ संक्रमित थपिए, १६६ डिस्चार्ज

विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...

युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्