स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन

 न्यूज विराट
स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन

काठमाडौं १६ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ ।

यही ७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारे ।

सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको  छ । सरकारले गत ११ चैत ११ देखि ६ साउनसम्म बन्दाबन्दी तथा ४ भदौदेखि अन्तिम सातासम्म काठमाडौं उपत्यकामा  निषेधाज्ञा लागू गरेको थियो ।

‘मुलुकमा फेरि पनि बन्दाबन्दी गर्ने योजना रहेको छैन’, उनले भने, ‘अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको हो । तैपनि हामी निजी स्वास्थ्य सङ्घसंस्थासंँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छौं ।’

उनका अनुसार सक्रिय २५ हजार सङ्क्रमित भएका खण्डमा पाँच हजार लक्षण भएका सङ्क्रमित रहने छन् । तिनलाई  आवश्यक शय्या सरकारसँग  छ । अहिले ८२ हजार ४५० सङ्क्रमितमध्ये २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् ।

यस्तै, ६० हजार ६९६ जना निको भएका र  ५२० जनाको सङ्क्रमणको कारणले निधन भएको छ   । अहिले दुई हजार ६०० सघन उपचार कक्ष, ९०० भेन्टिलेटर र २० हजार ७६५ आइसोलेसन  शय्या छन्  ।

आजै, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग भेटी बन्दाबन्दी तत्काल नहुने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।

व्यवसायीले विस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि बन्दाबन्दीको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो । अहिले बन्दाबन्दी खुलेसँगै सबै क्षेत्र खुला गरिएको छ । यही १ असोजदेखि लामो दूरीका यातायात सेवा र ५ असोजदेखि हवाई सेवा सञ्चालन गरिएको छ । रासस

सम्बन्धित समाचार

पत्रकार खतिवडासहित तीन जना सम्मानित

विराटनगर । पुरुषोत्तम धनकुमारी चापागाई स्मृति प्रतिष्ठान विराटनगरले आफनो नवौं बार्षिकोत्सका अवसरमा भाषा साहित्य , धर्म संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान गर्ने तीन जनालाइ सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रममा आयोजना गरी तीन जनालाई...

सुनसरीको भोक्राहा गाउँपालिकामा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने

विराटनगर, ३० माघ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को...

तिलोत्तमा हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन

काठमाडौं, २७ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्या घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ । प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको...

विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...

किम जोङ–उन कहाँ छन् अमेरिकालाई थाहा छैन : पोम्पेओ

एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।  उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट...

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजले विदाई गरेका हो । कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत...

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छः प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध...

यमनमा दिँदै आएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेको आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन् । हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्