२४ घण्टामा १२०७ संक्रमित थपिए, ११४७ जना डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा १२०७ संक्रमित थपिए, ११४७ जना डिस्चार्ज

काठमाडौं, १० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ७१ हजार नाघेको छ । आजसम्म ७१ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १८ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ३३ जना छन् भने १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५३ हजार १३ पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमण मुक्त हुने दर ७३.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

चितवन, ३ असार-नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो खस्दा सडक अवरूद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता...

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : कमल थापा

काठमाडौं, २७ पुृस-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा...

कुवेतमा कोरोनाको नियम उल्लंघन गर्नेको जरिवाना रकम घट्यो

काठमाडौं, २६ माघ । कुवेतले कोरोनामा नियम उल्लंघन गर्नेहरूका लागि जारी गरेको जरिवानाबापतको रकम घटाएको छ । कुवेतको राष्ट्रियसभाले बुधबार स्वास्थ्य सावधानीसम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात्...

छिमेकी देशसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गरिने बताएका छन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश नहोस् भन्दै उच्च सतर्कता अपनाएको समेत बताए । पहिलो प्राथमिकता नेपालमा कोरोना संक्रमणलाई प्रवेश नहोस्...

लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्तः १ को मृत्यु, ४ जना घाइते 

महोत्तरी, १२ जेठ-महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसौलामा गएराती लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेका छन्...

विराटनगरका एक युवा रहस्यमय अवस्थामा मृत फेला

विराटनगर, ६ चैत । विराटनगरका एक यूवा रहस्यमय अवस्थामा मृत फेला परेका छन । विराटनगर–३ आयल निगमका कान्छा भनिने ४० बर्षिय नितेश राई विराटनगर १९ मा मृत फेला परेका हुन् । विराटनगर १९ मा निर्माणाधिन...

मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको...

रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्