सीमा सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा 

 न्यूज विराट
सीमा सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा 

डडेल्धुरा, ९ असोज-गृहमन्त्री रामबहादुर थापा (बादल)ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङरु दार्चुलाको उद्घाटन र भवन शिलान्यास गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले सीमा क्षेत्रमा सुरक्षाकर्मी र बीओपी थप हुने क्रममा रहेको जानकारी दिए । भारतले नेपाली भूमी मिच्दै गएपछि आफ्नो भूमिको रक्षाको लागि नेपाल सरकारले गत ३१ वैशाखमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेकोमा अहिले गुल्ममा स्तरोन्नती गरिएको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङरु सशस्त्रको गुल्म स्थापना गरिएको गृहमन्त्री थापाले बताए ।

नेपाल सरकारले भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर नयाँ नक्सा जारी गरिसकेको छ । नक्सामा समेटिएको भूमि फिर्ता गर्ने र सीमा क्षेत्रमा सुरक्षा उपस्थिती बढाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ। व्याँसकै तिङ्कर र कौवामा पनि बीओपी स्थापना हुने उनले बताए । अहिले ब्यासको गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहले नेतृत्व गरिरहेका छन्।

गृहमन्त्री थापासँगै ब्यासको छांगरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाबाट निर्वाचित सांसद गणेश ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, नेपाली सेनाका सहायक रथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत १२ जनाको टोली काठमाडौंबाट नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टरमार्फत छाङरु पुगेको हो ।

सम्बन्धित समाचार

सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले...

विराटनगरको केभिएम स्कुलमा विज्ञान प्रर्दशनी, दुई दर्जन बढी स्टल

विराटनगर । विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आइतबार विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् । विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले...

विराटनगरमा संक्रमितको संख्या ४४७ पुग्यो, ६ जनाकोे मृत्यु

विराटनगर, ३० साउन–प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार थपिएका...

प्रदेश १ को बजेट ४२ अर्ब २० करोडको (हेर्नोस् पूर्णपाठ )

  बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु...

रौतहटबाट ८१ जना संक्रमित डिस्चार्ज

काठमाडौं, २९ जेठ-रौतहट जिल्लाका विभिन्न अस्पतालमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचारपछि निको भएर ८१ जना कोरोना भाइरस संक्रमित घर फर्किएका छन् । रौतहट जिल्ला अस्पतालका मेसु डा. कृष्ण साहका अनुसार गौरस्थित नरसिंह इन्टिट्युटबाट १६ जना,...

अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो...

विराटनगरमा २५ सहित प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

सर्लाहीमा भारतीय नागरिकद्वारा सशस्त्रको हतियार खोस्ने प्रयास

सर्लाही, १८ जेठ-सर्लाहीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहले सशस्त्र प्रहरी बलको टोलीलाई हुलहुज्जत गरी हतियारसमेत खोस्ने प्रयास गरेको छ । जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा इलाका बीओपी सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्