एजेन्सी, ८ असोज-भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणका कारण मृत्यु भएको छ । उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनले आफै ट्वीट गरेर संक्रमण भएको जानकारी गराएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल राज्यमन्त्री अंगडीको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।
मोदीले सुरेश अंगडी एक प्रतिबद्ध कार्यकर्ता भएको भन्दै उनले पार्टीलाई कर्नाटकमा बलियो बनाउन कडा मेहनत गरेको स्मरण गरेका छन् । सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।