पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९१ संक्रमित थपिए, २७ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९१ संक्रमित थपिए, २७ जना डिस्चार्ज

विराटनगर ७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुुममा १÷१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ । प्रदेश १ मा बुधबार २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, कालि सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट १÷१ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।

प्रदेश १ मा बुधबार ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म प्रदेश १ माम १ लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

संविधान संशोधन विधेयक स्वीकृत

काठमाडौं, २७ जेठ-प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले...

आजकाे माैसम : पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

काठमाडौं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...

प्रदेश १ मा २८ कोरोना संक्रमित

मोरङ, ११ वैशाख-प्रदेश–१ मा कोरोना सङ्क्रमितको संख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा २ महिलामा संक्रमण देखिएसँगै पोजिटिभको संख्या २८ पुगेको प्रदेश–१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजिटिभ पुष्टि भएकामध्ये...

यस्तो छ आजको मौसम

नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

लैंगीक समानता तथा समावेशीकरण नीति बनाउने तालिम सम्पन्न, ९ स्थानीय तहको २५ जनाको सहभागि

विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो । उनीहरुले...

प्रचण्डकी पत्नी सीतादेखि संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

काठमाडौं, असोज ३ । सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको...

एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्