काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् ।
बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक संकलन, पाठ्यपुस्तक वितरण, कार्यक्षेत्रमा शिक्षकको उपस्थिति, शिक्षण विधि, मूल्यांकन प्रक्रिया, होम स्कुलिङको अवधारणा, अस्थायी सिकाइ सहजीकरण केन्द्र स्थापना र सञ्चालन, शिक्षक घरदैलो कार्यक्रम, प्रारम्भिक बाल विकास तथा शिक्षा सञ्चालन सहजीकरण, श्रव्य दृश्य सामग्री विकास र प्रसारण लगायतका विषय कार्ययोजनामा समावेश गरिएको छ ।