विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

 न्यूज विराट
विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

विराटनगर, ४ असोज–प्रदेश एक मा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरमा ५७, सुनसरीमा ११, झापामा चार, पाँचथरमा एक र प्रदेश एक बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा पाँच महिला तीन पुरुष, बुढीगंगामा पाँच, रंगेलीमा चार, जहदा र सुन्दरहरैचामा एक÷एक पुरुष, सुनसरीको दुहवीमा तीन महिला चार पुरुष, बर्जुमा एक महिला, स्थानीय तह नखुलेका दुई महिला एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको अर्जुनधारामा तीन पुरुष, कनकाईमा एक महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश एक बाहिरका चार ४ महिला दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश एक मा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय ७४ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९, होम आईसोलेसनबाट नौ, वि.जनरल अस्पताल हरिनगरबाट एक र इनरुवा आईसोलेसनबाट एक जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या दुई हजार पाँच सय ३५ पुगेका छन् । प्रदेश १ मा आइतबार पाँच सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५२ पुरुष को रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हालसम्म प्रदेश एकमा १ लाख १५ हजार ५७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

सिरहाको मिर्चैयामा बस दुर्घटना : दुईको मृत्यु, २३ जना घाइते

विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको...

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो : आफूखुसी शुल्क नलिनुहोस्   

काठमाडौं, ८ असार-निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

कोशी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोसी अस्पताललाई २ र कोभिड-१९ अस्पतालाई १ गरि ३ वटा...

नेकपा सचिवालय बैठक अन्यौलमा

काठमाडौं, १७ असोज-आज दिउँसो चार बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । दुई अध्यक्षको सचिवालयबाट दुईथरी कुरा बाहिर आएपछि बैठक अनिश्चित भएको हो ।  शुक्रबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचकाे...

सरकारको बेवास्तापछि संक्रमित बोकेका एम्बुलेन्स चालक आफैँ पुगे स्वास्थ्य केन्द्र

बुटवल, ८ जेठ-गुल्मी मदाने गाउपालिका-६ पुर्कोट दहका ४१ वर्षीय पुरुष कोरोना भाइरस संक्रमणबाट मृत्यु भयो । उनको उपचारका क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको थियो । तर, १ चैतमा संक्रमित पुरुषलाई अर्घाखाँचीबाट अस्पतालसम्म ल्याउने एम्बुलेन्स चालकलाई भने...

अनलाइन बन्द गराउने काउन्सिलको निर्णय संविधान विपरितः अनलाइन पत्रकार संघ

१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ । कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार...

शिक्षादीप कलेजद्वारा ११० विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले प्रत्येक वर्ष झैं यस वर्ष पनि कलेजले लिएको आन्तरिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने १ सय १० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।कक्षा ११ र कक्षा १२ का करिब ११०...

एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्