विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

 न्यूज विराट
विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने पार्टीको केन्द्रीय सर्कुलर बमोजिम विरोध प्रदर्शन गरिएको जनता समाजवार्दी पार्टी नेपाल मोरङका नेता मो. कादीरले बताए ।

सो पार्टीले शनिबार विराटनगरमा विरोध ¥याली निकालेको छ । विरोध ¥याली पछिको कोणसभामा मो. कादीर, राजकुमार यादव, संजय सिंह, नरेस मण्डल, अरबिन्द झा लगायतका नेताले मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अपनत्व हुनेगरी संविधान संशोधन हुनुपर्ने बताए । उनीहरुले बर्तमान संविधानले सवैको समान अधिकारको ग्यारेन्टी नगरेकाले संविधान दिवस आफुहरुका लागि कालो दिन भएको बताए ।

सम्बन्धित समाचार

घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको...

बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ...

२ गुणा बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक लगानीको आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको प्रतिवेदनअसार गत वर्षको ८ महिनाकाे तुलनामा २ गुणाभन्दा बढी लगानी आप्रवाह भएको छ । लगानी आप्रवाह मात्रै...

शनिबारदेखि रंगेलीमा कोरोना संक्रमण शुन्य

विराटनगर, २० भदौ–समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकामा कोरोना शंक्रमण शुन्यमा पुगेको छ । जनता क्याम्पसको आइसोलेसन केन्द्रमा रहेका बाँकी तीन जनालेसमेत शनिबार कोरोना जितेर घर फकिएपछि रंगेलीमा कोरोना संक्रमण शुन्यमा पुगेको हो ।...

‘क्लिन फिड’ कार्यान्वयनमा आएपछि ३० प्रतिशतसम्म शुल्क बढ्ने

काठमाडौं, १५ कात्तिक-विज्ञापनरहित (क्लिन फिड) पूर्णरूपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरूले बताएका छन् । विदेशी च्यानलले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरूको छ । यसबाहेक विज्ञापन नीति...

अर्थतन्त्रमा निराशाको कालो बादल छायो : उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी

विराटनगर । आर्थिक क्षेत्रमा केही सकारात्मक संकेतहरू देखिएको भए पनि समग्रमा अर्थतन्त्रमा निराशाको कालो बादल छाएको विराटनगरमा आयोजित एक कार्यक्रममा यहाँका उद्योगी व्यवसयाीहरुले बताएका छन् । विराटनगरमा शुक्रबार भएको मोरङ उद्योग व्यापार संघको ६८ औँ...

कोशीमा बजेट सम्बन्धी अध्यादेश पारित, बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला

विराटनगर । कोशी प्रदेशसभाले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्