केही दिनदेखि प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरताको माग गर्दै सडक आन्दोलन भइरहेको सन्दर्भमा उनले विज्ञप्ति जारी गर्दै आन्दोलन नगर्न आग्रह गरेका हुन् ।
`प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखेर महामारीको संवेदनशिल अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,´ विज्ञप्तिमा उल्लेख छ । उनले आफू प्राधिकरणबाट बाहिरिनु पनि स्वभाविक प्रकियाको रूपमा लिन आग्रह गरेका छन् ।
गत ३० भदाैमा प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङ बाहिरिएका हुन् । उनको कार्यकालमा लोडसेडिङ अन्त्य गरिएको थियो । कुलमानकै नेतृत्वमा वर्षाैँदेखि घाटामा रहेको प्राधिकरण नाफामा गएको छ ।