देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

 न्यूज विराट
देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए । एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै हो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६१ हजार नाघेको छ । आजसम्म ६१ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना छन् भने ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ८ सय ७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमणमुक्त हुने दर ७१.१ प्रतिशत रहको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार ७ सय ३६ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन्

विराटनगर, माघ ८–भारत सरकारको सहयोगमा विराटनगर–१८ मा निर्माण गरिएको एकिकृत जाँच चौकी (आइसिपी) आजबाट संचालनमा आएको छ । आइसिपी संचालनमा आएपछि आयातनिर्यातमा सहजता हुने अपेक्षा गरिएको छ । बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र...

कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

राष्ट्रिय वाणिज्य बैंकः नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं, माघ २९–राष्ट्रिय वाणिज्य बैंकको नाफा चालू आर्थिक वर्षको ६ महिनामा ८.३१ प्रतिशतले घटेको छ । नाफा घटे पनि अन्य बैंकको तुलनामा भने वाणिज्य बैंक नै अगाडि छ । बैंकको नाफा यस वर्ष २ अर्ब...

प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...

कार चोरीमा संग्लग्न ३ जना लागुऔषध सहित पक्राउ

विराटनगर, २४ माघ । मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे...

नारायणकाजीको विषयमा प्रचण्डले मुख खोले

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई कमानसिंह लामासँग आर्थिक कारोबारमा जोडेर गरेको प्रचारप्रति आपत्ति जनाएका छन् । उनले प्रवक्ता श्रेष्ठनको नाम कमानसिंह लामा र हाइड्रोपावरको...

विराटनगर देवकोटा चोकको रोयल मिल्कमा कुहिएको मासु, १० किलो नष्ट

विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको खसीको मासु भेटिएको छ ।विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो ।खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्