प्रिमियर लिगमा चेल्सीको प्रभावशाली विजयी सुरुवात

 न्यूज विराट
प्रिमियर लिगमा चेल्सीको प्रभावशाली विजयी सुरुवात

एजेन्सी, ३० भदौ-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले प्रभावशाली जीत सहित नयाँ सिजनको सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्दै एक गोल आएको हो । खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको ब्राइटनका लागि ५४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको दुई मिनेटपछि नै रीस जेम्सले गोल गरी चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए ।

कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको पासमा गोल गर्दै चेल्सीलाई ३–१ को जीत दिलाएका हुन् । यो सँगै चेल्सीले नयाँ सिजनमा प्रभावशाली जीतसहित विजयी यात्रा सुरु गरेको छ । चेल्सीले यो सिजनमा टिमो वार्नर, काइ हाभर्टस, थिएगो सिल्भा, हाकिम जियाचलगायतका खेलाडी किनेको छ ।

सम्बन्धित समाचार

आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय २३ को पीसीआर गर्दा आज १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

घरमा सामान सकियो ? ११३७ मा फोन गर्नुस्

सरकारले काठमाडौं उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर...

राप्रपा एकताः तीन अध्यक्ष, तीन लक्ष्य

काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

सेवा सुविधामा विभेद गरिएको भन्दै २३ पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं, माघ १०–विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरूले सामूहिक राजीनामा दिएका छन् । नेपाल भ्रमण वर्ष चलिरहेका बेला पाइलटहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ३० वैशाख-सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । २ जेठमा संसदमा पेश हुने नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा नीति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्