‘कृषियोग्य जमिन कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्नू’

 न्यूज विराट
‘कृषियोग्य जमिन कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्नू’

काठमाडौं, २९ भदौ-सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुषमालता माथेमाको एकल इजलासले आज कृषियोग्य जमिनको खण्डीकरण एवं कित्ताकाट गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उक्त अन्तरिम आदेश जारी गरेको हो । अदालतले आगामी ८ असोजसम्म जग्गा जमिन कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको छ भने सोही दिन छलफलका लागि दुवै पक्षलाई लागि बोलाएको छ ।

 साथै सरकारले उक्त निर्णय गर्नुका कारणसहित लिखित जवाफ १५ दिनभित्र पेश गर्न आदेशमा भनिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा यही  यही १८ भदौमा उक्त निर्णय भएको थियो ।

अधिवक्ता सन्तोष भण्डारीले कृषियोग्य जमिन खण्डीकरण तथा कित्ताकाट गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो ।

सम्बन्धित समाचार

राप्रपा उम्मेदवार फुयालले भ्रष्टाचार नगर्ने कसम खाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।  फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए...

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

प्रधानमन्त्रीको आक्रोश : भारतलाई सोध्नेवाला छु ‘सत्यमेव जयते कि सिंह’

काठमाडौं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि अतिक्रमणको विषयमा भारतसँग आक्रोश पोखेका छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतले आफ्नो मूल मर्मविपरीतको काम गरेको संकेत गरेका हुन् । भारतको निशान चिह्नले...

विराटनगरको मेयरमा उमेश यादवसहित तीन जनाको उम्मेदवारी

विराटनगर, ११ वैशाख । मनोनयन दर्ता सुरु भएको पहिलो दिन आइतबार विराटनगरमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सुरु भएको पहिलो दिन अहिलेका कुनै पनि ठुला दलले उम्मेदवारी दर्ता गराएनन् । साना...

स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

काठमाडौं, ३ बैशाख-सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ...

१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म खेलसप्ताह गर्ने भएको हो ।गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी...

थारु समुदायमा माघीकाे राैनक

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात्...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्