प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए

विराटनगर, २९ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

प्रदेश १ मा सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा सोमबार १ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणको डर हराउँदै गएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको...

रुकुम घटना छानबिन संसदीय समिति गठन

काठमाडौं, २६ जेठ-६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको घटना छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । सांसद देवन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो । सांसदहरूले...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक...

उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । प्रदेश नं. १ प्रदेशसभा बजेट...

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामाग्री वितरण गरेको हो । नगर परिसरमा आयोजित कार्यक्रममा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ह्वीलचेयर वितरण

विराटनगर, १० साउन । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले ह्वीलचेयर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि सहायक सामाग्री ह्वीलचेयर वितरण गरेको हो...

पर्यटन पर्यटन क्षेत्रमा १५ खर्बको लगानी

संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयले पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको जनाएको छ । कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनको आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।...

प्रचण्डको प्रस्ताव कुण्ठा र स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्