लोकपर्व जितियाको व्रत सुरु थप

 न्यूज विराट
लोकपर्व जितियाको व्रत सुरु  थप

धनुषा, २५ भदौ-मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गएरातिदेखि सुरु भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास  बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । विश्वविद्यालय पञ्चाङ्ग र मिथिला क्यालेण्डरअनुसार गएराति अष्टमीको प्रवेशदेखि सुरु भएको यो व्रत शुक्रबार  ६ बजेपछि सम्पन्न हुनेछ ।

जितिया  मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन  छ ।  यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास  छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उनकी आमाले खर जितिया गरेकी रहिछिन् भन्ने मान्यता पनि  छ ।

 भविष्य पुराणअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र  थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान उनले  प्राप्त गरेका थिए । आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्छन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नु पर्ने हुन्छ । कथा समाप्त भएपछि पाइताला मुनिको खरलाई ६ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ ।  यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।

नवमी तिथिमा स्नानादि गरी पवित्र भई जिमुतवाहन, चिल र स्याल र दिवंगता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण  गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अंकुरी ९भिजाइएको केराउ० सहित पकाइएको साग खाने प्रचलन  छ । यसप्रकार यो व्रतले करिब तीन दिनको अवधि समेटेको हुन्छ ।

जितिया व्रतमा कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गरिने भएकाले यसलाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरि, पितराइन र  ओठङ्नको विधि गर्ने चलन  छ । जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौँलाको पात, नैवेद्यका वस्तु स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण  छन् । व्रतको एक दिन पहिले कोदाको रोटी र माछा तथा एक दिनपछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ ।

यस्तै ओठङ्नका समयमा पानी खाने बेलामा भनिने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनाले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ । रासस

सम्बन्धित समाचार

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...

कोरोनाबाट विश्वमा ९ लाख ३९ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, ३१ भदौ-विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनाएको छ । डब्लुएचओका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३ सय ८९ जना कोरोना...

अब विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्नेमाथि मुद्धा चलाइने

विराटनगर, २३ वैशाख । गएपछि मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा कमी नआएपछि प्रहरी प्रशासनले थप कडाई गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्धा चलाएर कारवाही गरिने भएको छ । प्रदेश १...

स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै

काठमाडौं, २६ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ । किट अभाव भएर परीक्षण रोकिएको समाचार आइरहेका बेला मन्त्रालयले आफूसँग ५० हजारको हाराहारीमा किट उपलब्ध भएको बताएको छ । मन्त्रालयको नियमित...

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं...

प्रदेश १ मा २४ सयको पिसिआर परिक्षण गर्दा चार सय ८५ जनामा कोरोना

विराटनगर, २३ असोजङप्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा दुई सय ३०, सुनसरीमा एक सय ४३, झापामा...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

विराट गोल्डकप : उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ :...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्