शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ भदौ-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ देखिएको हो । 

उनले आफूलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको बताएका छन् । उनले चिकित्सकको सल्लाहअनुसार आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकालाई आवश्यक सजगता अपनाउनसमेत आग्रह गरेका छन् ।

‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरूको सल्लाहअनुसार हाल म होम आइसोलेसनमा बसेको छु । मसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’

सम्बन्धित समाचार

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा गृहमन्त्री...

परीक्षा नियन्त्रण कार्यालयले माग्यो १०, ११ र १२ कक्षाको परीक्षा केन्द्रबारे विवरण

राष्ट्रिय परीक्षा बाेर्डले परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल गरिरहेकाे छ । यही बीचमा परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग केही विवरण...

प्रतिनिधिसभाको अधिवेशन आजदेखि, एमाले भन्छ- अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ

सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको...

रोहिङ्ग्या शिविरमा भीषण आगलागी, १५ शरणार्थीको मृत्यु

दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भीषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरूले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरूको पनि खोजी...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

पूर्वमन्त्री मण्डलद्धारा जहदा गाउँपालिकालाई राहत हस्तान्तरण

विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...

३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्