परीक्षा नियन्त्रण कार्यालयले माग्यो १०, ११ र १२ कक्षाको परीक्षा केन्द्रबारे विवरण

 न्यूज विराट
परीक्षा नियन्त्रण कार्यालयले माग्यो १०, ११ र १२ कक्षाको परीक्षा केन्द्रबारे विवरण

राष्ट्रिय परीक्षा बाेर्डले परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल गरिरहेकाे छ ।

यही बीचमा परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग केही विवरण माग गरेको छ । बुधबार जिल्लाका इकाइहरूलाई परिपत्र गर्दै कार्यालयले ‘विद्यार्थीहरूले परीक्षा दिनकै लागि कोठा भाडामा बस्नु नपर्ने गरी घरबाटै केन्द्रसम्म आउजाउ गर्ने व्यवस्था मिलाउँदा थप गर्नुपर्ने केन्द्रको संख्याबारे विवरण मागेको हो ।

तर, यो परीक्षा सञ्चालन गरिहाल्ने गरी चालिएको कदम भने होइन । कार्यालयले विवरण प्राप्त भएपछि परीक्षा सञ्चालनका लागि थप छलफल गर्ने बताएको छ ।

केन्द्र थप्दा आवश्यक पर्ने जनशक्ति र खर्चको आँकलन गर्नका लागि आन्तरिक रूपमा परिपत्र गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० कामु नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परिपत्रमा इकाइहरूलाई तीन दिनभित्र विवरण पेस गर्न भनिएको छ ।

परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने राष्ट्रिय परीक्षा बाेर्ड एउटै निचोडमा पुगेको छैन । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले परीक्षा सञ्चालनका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन कक्षा १०, ११ र १२ को परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार

भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना पक्राउ

विराटनगर । भारत तस्करी हुन लागेको ३६ केजी गाँजा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार मध्यरात भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना भरियालाई पक्राउ गरेको...

रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा...

रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...

पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

उपेन्द्र यादव तानाशाही भएकाले पार्टी फुट्यो : उपमहासचिव यादव

विराटनगर । जनता समाजवादी पार्टीका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले उपेन्द्र यादवले पार्टीलाई आफ्नो कम्पनी जस्तो चलाएरतानाशाही साशन लागू गर्न खोजेपछि जसपा पार्टी फुटेको बताएका छन् । जनता समाजावादी पार्टी जिल्ला कार्यालय मोरङको विराटनगरस्थित...

४ साउनदेखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौं, १ साउन-जल तथा मौसम विज्ञान विभागले १ हप्ताअघि नै २५ देखि २९ असारसम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्