प्रदेश १ मा आज अहिलेसम्मकै बढी १४५ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा आज अहिलेसम्मकै बढी १४५ संक्रमित थपिए

विराटनगर, १९ भदौ-प्रदेश १ मा शुक्रबार १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र आज ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कनकाईका ३ महिला ८ पुरुष, दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १÷१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८२५ पुगेको छ । प्रदेश १ बाट आज ७२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि.जेनरल अस्पताल आईसोलेसन केन्द्र हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा हालसम ९५ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन । अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका...

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव

काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

सहमतिको प्रयासस्वरूव बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...

नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगले दुवै समुहलाई दिएन मान्यता, ओली–दाहालको हस्ताक्षर र महासचिवले बोलाएको बैठकले मात्र मान्यता पाउने

काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।...

मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...

ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, ६ साउन । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्