मोरङमा भदौ २२ गतेसम्म निषेधज्ञा

 न्यूज विराट
मोरङमा भदौ २२ गतेसम्म निषेधज्ञा

विराटनगर, १६ भदौ-जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो प्राबधानसहित एक साता लम्ब्याउने निर्णय गरेको छ । यसअघि दुई पटक थप भएको थियो ।

आज फेरी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । निषेधाज्ञाको अबधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको भएपनि सिटीरिक्सा सञ्चालन गर्न खुल्ला गरिएको छ ।

बजार तथा पसल अब ४ बजेसम्म खुल्ला हुने भएको छ । यसअघि दिनको १२ बजेसम्म मात्र बजार तथा पसल खुल्ला गरिएको थियो । प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका सवै पसल सञ्चालनमा रोक लगाएको । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

हेर्नुहोस सुचना

 

सम्बन्धित समाचार

नेपाल वादोरियो कराते डो संघ कोशीको अध्यक्षमा राजन कडेल, सचिबमा राजु धमला

विराटनगर । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेश गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी कराते डो संघ गठन गरेको हो । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन...

इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई झलनाथको अपिल

काठमाडौं, असार २ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत नेता खनालले थप उपचारका...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीका १ पुरुष रहेका छन् । अस्पतालका अनुसार उनीहरूको आज बिहान मृत्यु भएको हो । त्यस्तै,...

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

धादिङ, ३१ भदौ-पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्