रोटरी क्लबले बखरीमा वितरण गर्यो राहत र स्वास्थ्य सामाग्री

 न्यूज विराट
रोटरी क्लबले बखरीमा वितरण गर्यो राहत र स्वास्थ्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित बखरीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । अग्र भागमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि क्लबले बखरी प्रहरी चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको हो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम गर्दै आएको र शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमासमेत योगदान पुर्याउँदै आएको सो क्लबले एक कार्यक्रमकाबीच शुक्रबार बखरी प्रहरी चौकमीमा कार्यरत प्रहरीका लागि १५ सेट मास्क, स्यानिटाइजर र फेस शिल्ड वितरण गरेको हो ।

त्यसैगरी क्लबले बखरीका वडाबासीलाई ५ सय थान मास्कसमेत वितरण गरेको छ । क्लबले निषेधज्ञाका कारण काम गर्न नपाएर हातमुख जोर्न समेत समस्यामा परेका ५० परिवारलाई खाद्यान्न समेत वितरण गरेको छ । क्लबकी सचिव गिरिजा सारडाले दैनिक ज्यालादारी काम गर्दै आएका परिवारमा ५ जना भएका ५० परिवार(२५० जना) लाई खाद्यान्न वितरण गरिएको जानकारी दिइन् । स्वास्थ्य सामाग्री र खाद्यान्न क्लबकी अध्यक्ष दिप्ती अग्रवाल र सचिव गिरिजा सारडाले वितरण गरेका थिए ।

 

सम्बन्धित समाचार

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट...

मोरङ ट्राफिकले सिटी सफारी चालकलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराउँदै

विराटनगर । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरुलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको छ ।मोरङ ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा विराटनगरका सिटी सफारी...

एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले...

स्वास्थ्य माफिया अन्त्यका लागि उर्लाबारीमा ट्रमा सेन्टरः अध्यक्ष पोखरेल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताएका छन् । नेकपा उर्लाबारी नगरकमिटीले मंगलबार आयोजना...

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...

एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा...

भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रती आपत्ति प्रकट

काठमाडौं, जेठ ४–संघीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले...

कोरोनामा दसैं प्रभावः पीसीआर स्वाट्टै घट्यो, नयाँ संक्रमित १७४१

काठमाडौं, १० कात्तिक-कोरोना महामारीका बीच सुरु भएको दसैंका कारण पीसीआर परीक्षण पनि स्वाट्टै घटेको छ । दैनिक १५ हजार हाराहारीमा हुँदै गएको पीसीआर परीक्षण बितेको २४ घण्टामा ५ हजार ६ जनामा सीमित भयो । स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्