विराटनगर, ८ भदौ–सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ । सिरहाको गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।
भदौ २ गते प्रतिष्ठानमा भर्ना गरिएका उनलाई कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो मृत्युु भएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा ५ जना प्रदेश २, ३ जना सुनसरीको धरानका र १४ जना मोरङका रहेका छन् ।