चितवनमा थप १ कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
चितवनमा थप १ कोरोना संक्रमितको मृत्यु

चितवन, ७ भदौ-चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर-१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो । कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि १ भदाै नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

सम्बन्धित समाचार

सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू

काठमाडौं, ४ मंसिर-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ ।   यातायात सुविधाम नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा...

कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको...

एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त...

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो हुनुभयो : सुवास नेम्बाङ

नेकपाको ओली समूहका नेता सुवास नेम्बाङले संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद् विघटन हुँदा कामचलाउ भएका...

कोरोना संक्रमणबाट थप २४६ जनाले ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए ।  योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...

मोरङका २१ वटा सामाजिक संस्थाद्वारा भूमी सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर, ३२ साउन । मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री...

उच्च अदालत पाटनले थप सेवा सुरू गर्दै

काठमाडौं, २४ जेठ-कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा सुरू गर्ने भएको छ । अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र...

अत्याधिक भीड लागेपछि इटहरीको तरकारी बजार उठाइयो

विराटनगर, बैशाख २१–लकडाउनको समयमा सामाजिक दुरीलाई बेवास्ता गर्दै ठूलो भीड लागेको पाइएपछि सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दूरी कायम राख्न र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्