होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ-विराटनगर–६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । घरकै होम आईशोलेशन बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आईशोलेसन खाली नभएपछि संक्रमित पुरुष घरकै होम आईशोलेसनमा बसेका थिए । दिर्घरोगी समेत रहेका संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडा नं. ६ का वडाअध्यक्ष विजय कामतले बताए । घरकै होम आईशोलेसनमा कोरोना संक्रमितको मृत्यु भएको यो प्रदेशकै पहिलो घटना हो ।

कोरोना बिशेष अस्पतालहरुमा आईशोलेसन बेडको अभाव हुँदा विराटनगर महानगरपालिका भित्र ७ सय ४५ जना कोरोना संक्रमितहरु मध्ये ३ सय ४१ जना होम आईशोलेसनमा छन् ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रम माथिको छलफल आइतबार र सोमबार

काठमाडौं, ३ जेठ-कार्यव्यवस्था परामर्श समितिले जेठ ४ र ५ गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साभमुख अग्निप्रसाद...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौं,  ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको...

एक करोड १९ लाख मतपत्र छापिए

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो...

कोशी अस्पतालमा बेथीति रोक्न माग, १७ बुद्धे मागसहित कर्मचारी युनियनले बुझाए ज्ञापनत्र

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र भएको गैरकानुनी नियुक्ति प्रक्रिया र निरन्तर भएको बेथीति रोक्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । अस्पताल विकास समितिका अध्यक्ष र मेसुबाट भएको गैरकानुनी नियुक्ति र विकास निमार्णको कामहरू रोक्न...

सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह शुरू

विराटनगर । विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ्लिश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा...

निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै...

बुद्ध जयन्तीमा माेदी नेपाल आउने, देउवासँग लुम्बिनीमा भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालकाे परराष्ट्र...

शिक्षा प्रतिवेदन छाप्ने संस्थामाथिकाे कारबाही राेक्न शिक्षामन्त्रीसँग आग्रह

सरकारले गोप्य राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग ०७५ को प्रतिवेदन प्रकाशित गर्ने दुई संस्थामाथि कारबाही थालेपछि आयोगका सदस्यहरूले विरोध जनाएका छन् । ती संस्थामाथिको कारबाही रोक्न उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसँग आग्रह पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्