प्रदेश १ मा आज १२३ जना नयाँ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा आज १२३ जना नयाँ संक्रमित थपिए

विराटनगर, ३ भदौ-प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र बुधबार ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १/१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पुष्टी भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म प्रदेश १ मा ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य

काठमाडौँ, २४ असोज -मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी...

उपभोक्ता दिवसः प्रदेश राजधानी विराटनगरमा अन्तरकृया

विराटनगर, चैत २–वाणिज्य आपूर्ति तथा विश्व उपभोक्ता संरक्षण कार्यालय बिराटनगरले आज १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मार्च १५ मा हरेक वर्ष मनाउदै आएको उपभोक्ता दिवस आज बिभिद कार्यक्रम गरि देश भर मनाए...

प्रहरीलाई लडाएर फरार भएका कैदी भारत भागेको आशंका, खोजीमा ब्यापक प्रहरी परिचालन

विराटनगर । उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी भारत भागेको आशंका गरिएको छ । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद...

घरदैलोमा भोट माग्दै महेश आचार्यले भने, ‘विकास प्रेमी नेता अमनलाल मोदीलाई जिताऊँ’

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको...

तिलोत्तमा हत्या प्रकरणः क्षतिपूर्तिको माग गर्दा मृतकको पोष्टमार्टम हुन सकेन  

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा रहेको गंगादेवी पशु फार्ममा सोमबार राती हत्या भएका ५ जनाको अझै पोष्टमार्टम हुन सकेको छैन । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि अनुमति नदिँदा पोष्टमार्टम हुन नसकेको प्रदेश...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

रथयात्राको तयारी अन्तिम चरणमा

विराटनगर, २ भदौ । विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथयात्रा निकाल्नका लागि सम्पूर्ण तायारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आज विहान मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...

कोबासमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्