विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मोरङमा मृतकको संख्या ११ पुग्यो

 न्यूज विराट
विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मोरङमा मृतकको संख्या ११ पुग्यो

विराटनगर,भदौ १–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि शनिबार राति अस्पतालमा भर्ना भएका पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्दा सोमबार बिहान उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

योसँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या ११ पुगेको छ । यसअघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १÷१ जना, मोरङ रंगेलीका १ जना, सुनवर्षीका १ जना र बुढीगंगाका १ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् । बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक...

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

मोरङ कटहरी ५ को वडा कार्यालय आफ्नै भवनमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकाको ५ नम्बर वडा कार्यालय आफ्नै भवनबाट संचालनमा आएको छ । सो वडाको भौंडाहामा निर्माण भएको भवनको उद्घाटन भएसंगै आफ्नै भवनबाट वडा कार्यालय संचालनमा आएको हो । सो ठाउँमा बुधबार आयोजित...

सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

काठमाडौं, ११ मंसिर-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी...

प्रथम पालिका स्तरीय अध्यक्ष कपको उपाधि मोरङ पुलिसलाई

विराटनगर । मोरङको कटहरीमा भएको प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मोरङ प्रहरीले जितेको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान शनिबार सम्पन्न भएको फाइलनमा घरेलु टिम कटहरी ५ लाई १–० गोलले हराउँदै मोरङ...

बैंकहरूमा राष्ट्र बैंकको हस्तक्षेप, अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने

काठमाडौं, २ साउन-लकडाउनपछि अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसअघि बैंकर्स संघ र विकास बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू बसेर यस्तो शुल्क लगाउने/नलगाउने जिम्मा बैंककै भएको निर्णय गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्