सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

 न्यूज विराट
सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

काठमाडौं, ११ मंसिर-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए ।

भेटमा सभापति देउवाले कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा सदैव भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए । सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोड दिएको सभापति देउवा प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहिसकेका भट्टराईले बताए ।

भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दाहरू समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचार विमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृंगला दुई दिवसीय भ्रमणका लागि आजै काठमाडौं आएका हुन् । रासस

सम्बन्धित समाचार

मोरङ २ मा सुजता कोइराला ४ मतले अघि

विराटनगर । मोरङको क्षेत्र नं. २ मा काँग्रेसकी सुजता कोइराला झिनो मतअन्तरले अग्रता लिएकी छिन् । कोइरालाले ३ हजार ५२६ मत ल्याएर अग्रता लिएकी छिन् । उनले एमालेका ऋषीकेश पोखरेललाई ४ मतले अग्रता लिएकी हुन्...

प्रदेश १ मा आज एकैदिन ८३९ संक्रमित थपिए

विराटनगर, १ साउन । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३,...

गर्नुपर्ने काम अझै बाँकी नै रहेकाले पुनः नियुक्तः अर्थमन्त्री

काठमाडौं, फागुन २१–अर्थमन्त्री डा. युवराज खतिवडाले शपथ लिएका छन् । राष्ट्रियसभामा पदावधि सकिएसँगै मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका डा.. खतिवडाले बुधबार अर्थमन्त्रीमा पुनः शपथ लिएका हुन् । शपथ लिएसँगै डा. खतिवडाले बुधबार नै पदभार ग्रहण गरेका...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई  समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र...

कोशी प्रदेशको सुरक्षा बैठक सोमबार विराटनगरमा बस्दै, आज साझमा गृहमन्त्री आउँदै

विराटनगर । कोशी प्रदेशको सुरक्षा बैठक भोली विहान विराटनगरमा बस्ने भएको छ । विराटनगरस्थित बीग होटलमा सोमबार विहान ८ बजेदेखि सुरु हुने बैठकको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साझ साढे ५ बजेको विराटनगर...

मंगलबारदेखि निजी सवारीमा जोर–बिजोर लागू गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । स्मार्ट लकडाउन लगाउने तयारी गरेको सरकारले निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली गर्ने तयारी गरेको हो । ‘निजीको हकमा जोर–बिजोर गर्ने विषयमा छलफल...

हिमालय दर्शन कलेजको अभिमुखिकरण चितवनको सौराहामा

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गराएको छ ।चितवनको सौराहामा रहेको बाटिका रिर्सोटमा एक भव्य कार्यक्रम विच यसैबर्ष भर्ना विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन...

राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट भाेलि हुँदै

काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्