राशिफल

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

 न्यूज विराट
बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन गरेरै चुनावमा जाने भन्दै जेठभित्र स्थानीय तहको निर्वाचनमा सम्पन्न गर्ने सहमतिमा ल्याउनु भएका प्रधानमन्त्री देउवाले लगत्तै एमसीसीलाई निशर्त पारित गर्न सहयोग नगरे गठबन्धन टुटने घोषणा गर्नुभएको हो ।

चर्काे दवावपछि पाँच दलीय गठबन्धनले शनिवार संबिधानअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ ५ गतेभित्रै गर्नुपर्ने यथार्थ स्वीकार गरी जेठभित्रै निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिने निर्णय लिएको थियो । आफ्नो पार्टी पराजीत हुने त्रासका कारण चुनावमा जानै नहुने अडानमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धन गर्ने भनेर चुनावमा सहमति गराएको बैठक सकिन साथ जनमोर्चा बाहेकका गठबन्धनका नेतासँग प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले फेब्रूअरी १ सम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने बताएको भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बाध्यतामा आफू रहेको जनाई बटमलाइन सुनाउनु भएको हो । बालुवाटारस्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास नभए गठबन्धन कायम नरहने घोषणा गर्नुभएको छ ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच चर्काचर्की नै परेको थियो । श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने भन्दै चर्किएपछि प्रधानमन्त्री देउवा निकै जंगिनुभएको थियो । ‘एमसीसी पारित गर्नैपर्ने बाध्यतामा म छु, अव यताउता होइन, संसदमा पेश हुन्छ, तपाईंहरुलाई मन लागे भोट हाल्नोस,’ बैठकमा प्रधानमन्त्रीको चेतावनी उधृत गर्दै कांग्रेसका एक नेताले भने ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...