विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

 न्यूज विराट
विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १ भदौ अर्थात १७ अगस्टदेखि चार्टर्ड उडान गर्न लागेका हुन् ।

नेपाल एयरलाइन्सले यही १५ भदौसम्म उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १४ भदौसम्मको उडान तालिका सार्वजनिक गरेकाे छ । सरकारले १ भदौदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्ररूपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले १५ भदौसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने उडान भने नियमित हुनेछ । सरकारले अबको उडानमा दैनिक ५ सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २ सय जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३ सय जना आ

स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरणअनुसार ३० साउनसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५१ हजार ४ सय ४१ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वाेलालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीहरूलाई स्वदेश फर्काउने तालिका छ ।

सम्बन्धित समाचार

ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने

काठमाडौं, ५ फागुन । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने...

वायुसेवा सञ्चालकले भने : थप बन्दाबन्दी थेग्न सकिन्न

काठमाडौं, २८ कात्तिक-वायु सेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप...

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनद्वारा संयुक्तरुपमा आयोजित जोनल फुटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जितेको छ ।  युवा दिवसको अवसर शनिबार विराटनगर शनिहाटस्थित स्पोर्टस्...

सुदुरपश्चिमको पहिलो जित, दिल्लीको लगातार तेस्रो हार

विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् ।...

‘दिल तोड़नी छे तुँ….’ गीतको म्युजिक भिडियो सार्वजानिक

विराटनगर । मैथिली अनलाइनको प्रस्तुति तथा मोरङका तीन जना सक्रिय पत्रकारहरुको भुमिका रहेको बहुचर्चित मैथिली गीत ‘दिल तोड़नी छे तुँ…’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । मैथिली अनलाइनको यूट्युब च्यानलबाट १ जनवरी २०२३ को...

हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

खाेटाङ- काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् । गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्