आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

 न्यूज विराट
आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

झापा, ३२ साउन-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै ६ भदौ राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । दूधका पसल दैनिक बिहान ६ देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।

लकडाउनका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्सबाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताइन् । हिजो दमकमा एकैपटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भयो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको...

सौराहाका व्यवसायी भन्छन-एमाले प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो

राधेश्याम खतिवडा, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजारको सङ्ख्यामा भिड थियो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२...

क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम...

संसद विघटनविरुद्धको आन्दोलनलाई व्यापक बनाउन कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी...

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी, १ भदौ । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ...

छठ पर्वः आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं, ५ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...

विराटनगरमा ‘ओएसीस लन्च एण्ड बार’ सञ्चालनमा, थरी –थरीको परिकार पाइने

विराटनगर । विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा आएको छ । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार बिहीबारदेखि संचालनमा आएको हो । बारको औपचारिक रूपमा...

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्