लिदी पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो, २३ जना अझै बेपत्ता

 न्यूज विराट
लिदी पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, ३१ साउन-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो । सो अवसरमा प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । त्यस्तै, दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उनले बताए । बागमती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा पूरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् । लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललले जानकारी दिए । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै, माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ ।

पहिरोमा परी घाइतेहरू रूपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।  रासस

सम्बन्धित समाचार

प्रदेश १ मा १८ संक्रमितथपिए, ४२ जना डिस्चार्ज

विराटनगर, साउन १५–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २÷२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष...

नक्कली सुन र २ थान पेस्तोल फालेर फरार गाडी भेटियो 

काठमाडौं, १५ साउन-काठमाडौंको कमलादीमा आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर भागेको गाडी प्रहरीले फेला परेको छ ।प्रहरीले खोजतलास गर्दा घटनामा प्रयोग भएको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नखिपोटमा...

प्रदेश १ मा एकैदिन १४६५ जनाले जिते कोरोना, ५०७ संक्रमित थपिए

विराटनगर, २६ जेठ । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म...

जेभियर्सले गर्यो कक्षा १२ का विद्यार्थीको विदाई

विराटनगर । बुढीगंगा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलले कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरुलार्इ एक कार्यक्रमका विच विदाई गरेको छ। बुढीगंगा गाँउपालिकाका अध्यक्ष जितनारायण थापामगरको प्रमुख आतिथ्यमा र विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिताकुमारी रानाको...

नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको...

संसारकै सम्पन्न शहरमा थाङ्नाको मास्क

एजेन्सी, चैत १५-अमेरिकाको समृद्ध राज्य न्यूयोर्क यतिबेला इतिहासको सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्र ८५ न्यूयोर्कवासीले ज्यान गुमाएका छन् । अहिलेसम्म न्यूयोर्कमा ४० हजार मानिस कोरोना संक्रमित भएको पाइएको छ ।हालत...

मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो । प्रेमकुमार नुहाउन भनेर...

१४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट सुरू भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट सुरु भएको हो । उक्त प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन कोशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्