विराटनगरमा संक्रमितको संख्या ४४७ पुग्यो, ६ जनाकोे मृत्यु

 न्यूज विराट
विराटनगरमा संक्रमितको संख्या ४४७ पुग्यो, ६ जनाकोे मृत्यु

विराटनगर, ३० साउन–प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी विराटनगर ५ का रहेका छन् । विराटनगर ५ मा ३ पुरुष र २ महिला संक्रमित भेटिएका छन् । यस्तै ४ मा ३ जना, ६ मा ३ जना, ७ मा ४ जना, ८ मा ३ जना, ९ मा ३ जना, १५ मा २ जना, १६ मा ३ जना संक्रमित थपिएका रहेका छन् । १०, ११, १२, १, ३ र १७ मा १/१ जना संक्रमित थपिएका छन् । वडा नखुलेको १ जना रहेका छन् ।

योसँगै शुक्रबार दिउँसोसम्म विराटनगरमा कोरोना ४४७ पुगेको छ । महानगरमा कोरोनाबाट ६ जनाको मृत्यु भएको भने कोरोनामुक्त भई ६९ जना डिस्चार्ज भएका छन् ।

कोरोनाबाट विराटनगर–९ का २ जना, वडा नं. १०, ३, ५ र १५ नम्बर वडाका १÷१ जनाको मृत्यु भएको छ । कोरोनाको कारण विराटनगरमा मृत्यु हुने सबै पुरुष हुन् ।

सम्बन्धित समाचार

पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको...

भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका...

लिपुलेक/कालापानीबारे सरकार सजग छः परराष्ट्रमन्त्री ज्ञवाली

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले २ मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक/कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज...

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा पदबाट राजीनामा

काठमाडौं, २८ जेठ-रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा दिएका हुन्...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

विराटनगर । मोरङको ग्रामथानमा तली कल्याण समाज नेपाल गठन भएको छ । ग्रामथानको नेताचौकमा सोमबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा तेली कल्याण समाज गठन गरेको हो । प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति...

युवाको क्षमता बढाउन जेसीजको भूमिका महत्त्वपूर्ण

विराटनगर । जेसीजले समाजमा रहेका युवालाई अघि बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।विराटनगर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिनको कार्यक्रम ‘प्रहरी सँग जेसीजका युवा’...

हुण्डी कारोबारीसँग रकम असुल्ने २ प्रहरी पक्राउ

काठमाडौं, १० असार -महानगरीय अपराध महाशाको टोलीले हुण्डीकाे कारोबारमा संलग्न रहेको आरोपमा २ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरू सादा पोशाकका प्रहरी रहेको महाशाखाले जनाएको छ । अपराध महाशाखा स्रोतका अनुसार पक्राउ पर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्