आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

 न्यूज विराट
आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, साउन ३०-मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमा  बिहीबार कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारीलाई भने होम आइसोलेसनमा राखिएको संयोजक रेग्मीले बताए ।

योसँगै सो प्रालिमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । अहिलेसम्म उद्योगका कामदारमध्ये २ सय जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

३ दिनमा ३ दाजुभाइको निधन : घटना सुनेर दिदीको पनि मृत्यु, सिंगै गाऊँ शोकमग्न

बाँके, जेठ ६ । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाईको मृत्यु भएपछि सिंगै गाउँ शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी)...

कान्छी श्रीमती ल्याएको चाल पाएपछि बहुविवाह मुद्धा दर्ता

विराटनगर, २७ कात्तिक–मोरङको उर्लाबारी नगरपालिका–४ कि तारा गहतराजले पति र उनकी कान्छी श्रीमती विरुद्ध बहुविवाह मुद्धा दर्ता गराएकी छन् । पति दिवस गहतराजले कान्छी श्रीमती ल्याएको चाल पाएपछि आफुमाथि अन्याय भएको भन्दै जेठी श्रीमती ताराले...

वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान

विराटनगर । वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका पाँच वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा क्तदान कार्यक्रम आयोजना गरिएको हो ।...

राहतमा विवाद हुँदा सिरहामा झडप

जनकपुर, ९ जेठ-सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको सिरहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...

पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा ४५५ महिलाको स्क्रिनिङ

दुहबी । दुहबी नगरपालिका र करुणा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा दुहबी वडा नं. १२ मा सम्पन्न पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार शिविरमा कुल १४२ जना महिलाको स्क्रिनिङ गरिएको छ। जसमध्ये २ जना महिलामा भिआए...

सात नयाँ मन्त्रीमा बादलकी पत्नीदेखि माधव पक्षका नेतासम्म, शपथ आजै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ...

सर्वाेच्चमा एमालेको पुनरावेदन निवेदन, केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...

नेपाल, भट्टराई र पौडेल चोख्याउन गच्छदारलाई फसाइयो : कांग्रेस

काठमाडौं, माघ २३–कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ । पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्