‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा

 न्यूज विराट
‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा

काठमाडौं, २८ साउन-‘स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उनले सुनाए ।

‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजिक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरू छोड्छ ।

‘जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेतारा उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण  र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ’, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको नेपाल प्रतिनिधिसमेत रहेका अध्यक्ष भट्टराईले भने ।

उल्का वर्षा स्थानीय समयअनुसार आज राति १०:३० देखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जनाइएको छ । अत्यधिक मात्रामा भने बिहीबार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६० किमीसम्म हुने भएकाले करीब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

सम्बन्धित समाचार

सुनसरी जलमग्‍न, २ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरू डुबानमा परेका हुन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका...

किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा बौद्ध धर्मगुरु पक्राउ

काठमाडौं, फागुन २२–प्रहरीले किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट...

फागुन १५ देखि जनतासँग माओवादी अभियान, तीन जिल्लाबाट अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ ।कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न...

धरानमा वृद्धा महिलाको सुन लुटेर हत्या

विराटनगर । सुन र नगद लुटेर सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ । लुटेराको समूहले स्थानीय ६५ वर्षीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको अवस्थामा आज...

संसदमा जसपा विभाजित : महन्थ प्रतिपक्षमा, उपेन्द्र सत्तापक्षको सिटमा

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ । निर्वाचन...

एकता अभियानलाई पार्टी बनाउने बामदेवकाे घाेषणा

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता अभियानलाई पार्टी बनाउने घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकता अभियानलाई वडा तहसम्मै विस्तार गरिने बताएका हुन् । यद्यपि,...

लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

विराटनगर, माघ २८–बालबालिकामाथि खासै चेकजाँच नहुने भएपछि लागुऔषध कारीबारीले बालिकालाई तस्करीका लागि प्रयोग गर्न थालेका छन् । सहजै आफूले भनेको ठाउँमा पुग्ने र प्रहरीले पनि बालबालिकामाथि निगरानी नगर्ने देखेपछि बालबालिकाको प्रयोग बढ्न थालेको हो ।...

बालिका बलात्कार आरोपमा २ युवक पक्राउ

कैलाली, ५ असार-कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्