कोरोना रोकथाममा भुटान सफल

 न्यूज विराट
कोरोना रोकथाममा भुटान सफल

एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।

तर, छिमेकी भुटान भने कोरोनाविरुद्ध विजयतिर उन्मुख देखिएको छ । ६ मार्चमा पहिलो केस देखिएको भुटानमा संक्रमितको कुल संख्या १ सय ८ छ । यीमध्ये ९६ जना निको भइसकेका छन् ।

अहिले जम्मा १२ वटा मात्रै एक्टिभ केस रहेको वर्ल्ड मिटरको तथ्याङ्कले देखाउँछ । कोरोनाका कारण भुटानमा अहिलेसम्म कसैको मृत्यु भएको छैन । भुटानी सञ्चारमाध्यमका अनुसार कुनै पनि बिरामी मृत्यु हुने अवस्थामा छैनन् । केही दिनभित्रै भुटानमा एक्टिभ केस १ अंकमा झर्ने देखिएको छ ।

कुल जनसंख्या ७५ लाख ४ हजार ३ सय ९४ रहेकाे भुटान सामाजिक (भौतिक) दूरीको नियमकै भरमा कोरोना संक्रमण राेकथाम गर्न सफल भएको छ । भुटानमा सामाजिक दूरी कायम गरी सार्वजनिक यातायातका साधन चलिरहेका छन्, सुपरमार्केट खुलै छन् । तर, धैरै भीडभाड हुने खालका कार्यक्रम आयोजना गर्न भने निषेध गरिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

प्रहरीलाई सफलता, विराटनगरबाट १८९ केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती छुटा छुट्टै दुई स्थानबाट १८९ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको हो । लागु औषध...

प्रधानमन्त्री देउवाले उद्घाटन गरे टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख...

पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

दुबईमा नेपाली श्रमिक बेतलबी बिदामा बस्न बाध्य

काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्