कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

 न्यूज विराट
कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो ।  

सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ ।

गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, यूएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ ।

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो ।

हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ ।

उद्धार जारी

विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३१२  जनाको  उद्धार गरिएको छ । विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ ।

हालसम्म १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको  छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ । रासस

सम्बन्धित समाचार

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त...

अन्य देशका पाठ्यक्रममा रहेका बुद्ध जन्मस्थलबारेका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । ओलीले २५६५औँ बुद्धजयन्ती र...

कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...

१० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकियो

काठमाडौं ३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । १० दिनपछि बस्ने गरी बुधबारको बैठक सकिएको हो । आज बसेको बैठक १० दिनपछि पुन: बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस...

देउवालाई ओलीले भने- खोप हामीले जुटाएका हौँ, खोप, खोप भनेर राजनीति नगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना डिस्चार्ज, ५० जना संक्रमित थपिए

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला...

योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

ताप्लेजुङ दोभान बजारका अग्निपीडितले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । दीर्घकालीन पुनर्स्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउन माग गर्दै उनीहरूले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ताप्लेजुङको मिरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९...

ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भैरब ढकाल चयन

विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाचौ अधिवेशनबाट पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन भएका छन् । अधिवेशनले राष्ट्रिय कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्