
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार १३ मंसिरमा बस्ने सचिवालय बैठकका यसअघि प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र सोही दिन ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । त्यो सचिवालय बैठकले ती प्रतिवेदन स्थायी समिति र केन्द्रीय समितिको बैठकमा लैजाने निर्णयसमेत भएको छ ।
साथै, आजको सचिवालय बैठकले १८ मंसिरमा स्थायी समिति बैठक बस्ने र केन्द्रीय समितिको बैठक २५ मंसिरमा गर्ने निर्णय गरेको छ । यसअघि १५ देखि १७ मंसिरसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।