२४ घन्टाभित्र देशभर ४६४ जनामा काेराेना पुष्टि, ४२५ जना निकाे भए

 न्यूज विराट
२४ घन्टाभित्र देशभर ४६४ जनामा काेराेना पुष्टि, ४२५ जना निकाे भए

काठमाडौं, २३ साउन-२४ घन्टाभित्र देभभर ४ सय ६४ जनामा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघे‍को छ । अहिलेसम्म देशभर २२ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

कुल संक्रमितमध्ये ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेको उनले बताए । देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उनीहरूको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ सय २५ जना निकाे भएका छन् ।  अहिलेसम्म १५ हजार ८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  शुक्रबार ७ हजार ९ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ४ लाख २७ हजार ५०१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

कोरोना संक्रमण बढ्दै गएपछि दमकमा १३ भदौ सम्म लम्बियो लकडाउन

विराटनगर, ६ भदौ-दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि झापाको दमक नगरपालिकाले आगामी १३ गते भदौसम्म लकडाउन लम्ब्याएको छ । शनिबार दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना संक्रमित...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुन : चेतनाथ निरौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको १२ औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालको लागि निरौला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको...

बुन्डेस लिगामा बायर्नको जीत, शीर्ष स्थानमा ४ अंकको अग्रता 

एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । बायर्नको...

भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न...

लायन्सका डिस्ट्रिक गर्भनर विकास अधिकारी अस्ट्रेलिया प्रस्थान

विराटनगर । अस्ट्रेलियामा हुने अन्तराष्ट्रिय ‘कन्भेन्सन’ मा भाग लिन लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी का डिस्ट्रिक गर्भन विकास अधिकारी र प्रथम महिला बन्दना पोखरेल सहभागि हुने भएका छन् । अधिकारी र पोखरेल कन्भेन्सनमा भाग लिन...

विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक...

अर्किड कलेजको प्राचार्यमा सीएम श्रेष्ठ

विराटनगर । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्