२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

 न्यूज विराट
२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

काठमाडौं, २१ साउन-देशभर पछिल्लो २४ घण्टाको अवधिमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर आजसम्म २१ हजार ३९० जनामा कोरोना संक्रमण देखिएको छ । आज ६ हजार १६४ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ३५९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ४ लाख १२ हजार ९५३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । हालसम्म देशभरका विभिन्न क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टाको अवधिमा थप १३० जनाले कोरोनालाई जितेका छन् । हालसम्म १५ हजार १५६ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ । हालसम्म ७०.८ प्रतिशतले कोरोना भाइरसलाई जितेको मन्त्रालयको तथ्यांक रहेको छ ।

सम्बन्धित समाचार

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १...

प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने

जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...

प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...

भारतमा ‘कालो ढुसी’को संक्रमणबाट ४३ सयभन्दा धेरैको मृत्यु

एजेन्सी, ६ साउन । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।...

धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प...

सातै प्रदेशमा ओलम्पियाड्स सेमिनार

काठमाडौं, २४ साउन-विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाड बारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल सेमिनार अन इन्टरनेशनल ओलम्पियाड्सको आयोजना गर्ने भएको...

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

प्रदेश १ मा शनिबार १३ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर २७ असार–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्