सडक कर विद्युतीय प्रणालीबाट उठाइने

 न्यूज विराट
सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं, साउन २१-सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।

सडक उपभोग दस्तुर सङ्कलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने तयारी सडक बोर्ड नेपालले सुरु गरेको छ ।

सडक बोर्डले २०५२ सालदेखि ठेकेदारमार्फत सडकमा ढाट लगाएर दस्तुर उठाउँदै आएको छ । अहिले मुलुकका केही राजमार्गका विभिन्न आठ ठाउँमा ढाट लगाएर सडक दस्तुर सङ्कलन हुँदै आएको छ ।

सडक मर्मत सम्भारका लागि उठाउँदै आएको सडक उपभोग दस्तुर उपभोगकर्ताले बिनाझन्झट सहज किसिमले भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली राख्न लागिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिए ।

उनले भने, ‘पूर्णरूपमा स्वचालित हुने यो प्रणालीमार्फत सडक उपभोगकर्ताले तिरेको रकम सीधै सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।’ अहिलेसम्म सङ्कलन भएको रकम सम्बन्धित सडक खण्डको मर्मत सम्भारमा नै खर्च हुँदै आएको उनले बताए ।

विद्युतीय भुक्तानी प्रणाली जडान गर्नका लागि चालू आर्थिक वर्षभित्र नै परामर्शदाता चयन गरी अध्ययन कार्य सम्पन्न गरिने भएको छ । यो प्रणाली जडान भइसकेपछि उपभोक्ताले उपभोग दस्तुर तिर्न घण्टौँ लाइनमा लाग्नु पर्दैन ।

‘विद्युतीय प्रणाली जडान भइसकेपछि सडक बोर्डले सडक उपभोगकर्ता सवारीधनीलाई एउटा कार्ड उपलब्ध गराउँछ, त्यसैगरी अहिले ढाट राखिएको ठाउँमा ‘डिभाइस’ जडान गरिनेछ,’ कार्यकारी निर्देशक बस्नेतले भने । सवारीसाधन लिएर आएका उपभोक्ताले आफ्नो कार्ड डिभाइसमार्फत दस्तुर तिर्न सक्छन् ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

कोरोनाबाट २४ घण्टामा ५ महिला र ३ पुरुषको मृत्यु

काठमाडौं, ११ भदौ-बिहीबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

काठमाण्डौं । राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु...

सर्वोच्चको ठहर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ। प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय...

अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...

गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा निस्केको शेखर कोइरालाले भनाइ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताएका छन् ।नेपाली कांग्रेस तरुण विभाग मोरङले बुधबार विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश...

एमाले विराटनगरको अधिवेशन, संस्थापनबाट उम्मेदवारी घोषणा

विराटनगर । विराटनगर महानगरमा नेकपा एमालेको दोस्रो अधिवेशन मंगलबार हुँदैछ । जसमा संस्थापन पक्षले उम्मेदवारहरूको घोषणा गरिसकेको छ। कोशी प्रदेश इन्चार्ज शेरधन राईद्वारा उद्घाटन हुने यस अधिवेशनका लागि हालका अध्यक्ष रोहित कोइरालाले आफ्नो समूहका उम्मेदवारहरूको...

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

काठमाडौँ, ४ मङ्सिर-नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह...

कोरोनाबाट २४ घण्टामा १३ सय ६६ जनाको मृत्यु, ३१ हजार नयाँ संक्रमित

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो १४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्