कोरोनाबाट २४ घण्टामा १३ सय ६६ जनाको मृत्यु, ३१ हजार नयाँ संक्रमित

 न्यूज विराट
कोरोनाबाट २४ घण्टामा १३ सय ६६ जनाको मृत्यु, ३१ हजार नयाँ संक्रमित

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो १४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६ सय २७ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट शनिबार बिहानसम्म २ लाख ७६ हजार संक्रमित भइसकेका छन् भने ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९१ हजार उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इटलीमा मात्र ४ हजार ३२ जनाको मृत्यु भएको छ भने इटलीपछि चीन दोस्रो स्थानमा छ । चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।

इटलीमा पछिल्लो २४ घन्टामा ६ हजार जनामा नयाँ संक्रमण भेटिएको छ । यो सँगै इटलीमा संक्रमितको संख्या ४७ हजार नाघेको छ । चीनमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने ४१ जनामा नयाँ संक्रमण देखिएको छ ।

त्यस्तै स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ५४, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियममा १६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्