युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

 न्यूज विराट
युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय २ प्रतिष्ठित प्रतियोगिताहरू च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्याेल थियो ।

अन्त्यमा युरोपेली फुटबल महासंघले एउटा जुक्ति निकालेको छ । दुवै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाइनेछ । यी खेलहरूमा दर्शकलाई प्रवेश गराइने छैन ।

च्याम्पियन्स लिग आगामी १२ अगस्टमा सुरु हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ ।

यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा यही अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल २१  अगस्टमा कोलोनमा हुनेछ ।

यूईएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले अर्को सूचना नभएसम्म दर्शकहरूबिना नै दुवै प्रतिस्पर्धा आयोजना गरिने बताउँदै आफूहरू कुनै जोखिम लिने स्थितिमा नरहेको जानकारी दिए । रासस

सम्बन्धित समाचार

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

कोरोना सङ्क्रमणको केन्द्र भुल्के र त्रियुगा क्षेत्रमा परीक्षण उपकरण अभाव

तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा...

‘नागरिकतामार्फत् महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ’

काठमाडौं, १० असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता प्रदान गर्ने विषयमा महिला र पुरुषबीच विभेद नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक संजाल ट्विटरमार्फत उनले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको...

नक्कली नोटसहित दुई भारतीय पक्राउ

महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

कोरोना संक्रमणबाट सिरहामा थप दुईको मृत्यु

सिराहा, २२ भदौ-कोरोना भाइरस संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला...

राप्रपा उम्मेदवार फुयालले भ्रष्टाचार नगर्ने कसम खाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।  फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्