तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

 न्यूज विराट
तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई  समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र चाल्नुपर्ने कदम’ विषयमा भएको छलफलपछि समितिले पीडितलाई उजूरी दिन उप्रेरित गर्न तथा त्यस्ता उजूरीप्रति संवेदनशील भई तुरुन्तै सम्बोधन गर्ने व्यवस्था मिलाउन सो मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले एसिड खरिद बिक्री कार्यलाई नियन्त्रण एवं व्यवस्थित गर्ने, खरिदकर्ताको विस्तृत विवरण अनिवार्य रुपमा अभिलेखिकरण गर्ने कार्य गर्न/गराउन, हालसम्मका एसिड आक्रमण पीडितको शारीरिक, मानसिक एंव भावनात्मक आघातलाई सम्बोधन गर्न प्रभावकारी रुपमा औषधि उपचारको अनिवार्य व्यवस्था तत्काल मिलाउन र सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कानूनी सहायता तथा मनोपरामर्श प्रदान गर्न, शिक्षा/उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्न, सीपमूलक तालीम उपलब्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा त्यस्ता व्यक्तिको जीविकोपार्जनलाई सहज बनाउन (आयआर्जनका लागि सक्षम बनाउन) र सामाजिक पुनःस्थापना सम्बन्धमा कार्यक्रम तुरुन्त तयार गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई समिति निर्देश गर्दछ ।’

समितिका सभापति निरुदेवी पालले तेजाब आक्रमण सम्बन्धी कानूनी व्यवस्थालाई सुधार गर्न आवश्यक समन्वयनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई समेत निर्देशन दिइएको जानकारी दिए ।

पूर्वमन्त्री थममाया थापा, समितिका सदस्य अमृता थापा, खेम लोहनी र हीरा गुरुङले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुने कानून बनाएर प्रभावकारी कार्यान्वयन गनुपर्नेमा जोड दिए । रासस

सम्बन्धित समाचार

संघीय संसदका अधिवेशन अन्त्य

राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन अन्त्य गरेकीछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले २४ चैतदेखि लागु हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । यसअघि सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

विराटनगरमा ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ संचालनमा

विराटनगर । विराटनगर ११, जनपथ टोलमा आज ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ नामक नयाँ तथा अत्याधुनिक मनोरञ्जन केन्द्र संचालनमा आएको छ । विकास गुरुडद्वारा सुरु गरिएको यस व्यवसायको शुभारम्भ नेपाली चलचित्रका चर्चित नायक...

एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।  आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

सत्ता र प्रतिपक्षद्धारा संयुक्तरुपमा संसदमा संकल्प प्रस्ताव दर्ता गर्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, बैशाख ३१–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा संयुक्त संकल्प प्रस्ताव पेश गर्नु आवश्यक रहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्