राजस्वमा काेराेनाकाे असर : झापामा अढाइ कराेडकाे गिरावट

 न्यूज विराट
राजस्वमा काेराेनाकाे असर : झापामा अढाइ कराेडकाे गिरावट

झापा, १९ साउन-कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तसम्ममा विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६ सय मात्र राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट ३ करोड ९० लाख ८५ हजार राजस्व सङ्कलन भएको जानकारी दिए ।

हातहतियार इजाजतबापत ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत ७ हजार ६ सय तथा अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख २ हजार ४ सय ५० रूपैयाँ राजस्व सङ्कलन भएको छ । संकलित राजस्व अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को भन्दा २ करोड ५३ लाख ३५ हजार ६ सय ४८ ले कमी हाे ।

अघिल्लो वर्ष कार्यालयले ६ करोड ५६ लाख ५१ हजार २ सय ८४ रूपैयाँ राजस्व सङ्कलन गरेको थियो । लेखापाल नेपालले आर्थिक वर्षको दोस्रो चौमासिक सुरू नहुँदै लकडाउन भएकाले विगत वर्षहरूको दाँजोमा राजस्वमा गिरावट आएको बताए । (रासस)

सम्बन्धित समाचार

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

विराटनगरको अरनीको कलेजलाई शिक्षा सेवा सम्मान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी अभिभाव र विद्यार्थीको रोजाइमा पर्दै आएको विराटनगरस्थित अरनीको कलेजलाई फोकस नेपाल संस्थाले शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको छ । काठमाण्डौमा फोकस नेपाल संस्थाले शनिबार एक कार्यक्रमका विच...

सरिता गिरीकाे ठाउँमा लीला सिटाैला बनिन् सांसद

काठमाडाैं, १२ साउन-निर्वाचन आयोगले लीला सिटौलालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाे घोषणा गरेको छ ।जनता समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीकाे ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सांसद बनाउने निर्णय भएकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 'सरिता...

पार्टी जिवन्त बनाउन केन्द्रीय कमिटीमा गम्भिर छलफल : मण्डल

विराटनगर, माघ १८–नेपाल कम्युनिष्ट पार्टीलाई जिवन्त बनाउन केन्द्रीय कमिटी बैठकमा घनिभुत रुपमा छलफल भएको नेता शिवकुमार मण्डलले बताएका छन् । नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मण्डलले काठमाडौं स्थित राष्ट्रियसभा गृहमा जारी केन्द्रीय कमिटीको बैठकमा राष्ट्रिय...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

मोरङमा तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी विश्व खड्का हेडक्वार्टर तानिए, यी नाकाबाट हुन्छ तस्करी

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट तस्करीको लाइन चलाएको आरोपमा सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन् ।मोरङमा तीन दर्जन वटा सीमा नाका रहेको मध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर...

लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि...

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो। तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्